Nov 28, 2010

लालु यादवको नमिठो हार


९ मंसीर, भारत । भारतको विहारमा भएको विधानसभा निर्बाचनमा मुख्यमन्त्री नितिश कुमारको पार्टी जनतादल युनाइटेड र भारतीय जनता पार्टीको संयुक्त गठबन्धन एमडीएले दुई तिहाई बहुमत प्राप्त गरेकोछ। २ सय ४३ सीटका लागि भएको निर्बाचनमा एमडिए गठबन्धन २ सय ६ सीटमा विजयी भएको भारतीय सन्चारमाध्यमले जनाएका छन्। पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवको राष्ट्रिय जनता दल र लोक जनशक्ति दलको गठबन्धनले २५ र काँग्रेस आईले ४ सिट मात्र जितेका छन्। विहारका मुख्यमन्त्री नितिश कुमारले दोस्रो कार्यकालको लागि सपथ ग्रहणको प्रकि्रया सुरु गर्नुभएको छ । भारतकै दुःख भनेर चिनिएको विहारमा केहि बर्ष यता आर्थिक विकास तीव्र गतिमा भैरहेको छ । भिकारीहरुको राज्य भनिने विहारको अनुहार फेर्ने नितिश कुमारलाई आफ्नो पुर्व कार्यकालको कामले फेरि विजयी बनाएको विश्लेषण गरिएको छ । एमडीए गठबन्धन कार्यकर्ताहरुले विहारमा खुशीयाली मनाइरहेकाछन् ।

No comments:

Post a Comment