Nov 25, 2010

बाघ संरक्षण गर्न उच्चस्तरीय प्रयास

काठमाडौं,मङ्सिर ८ गते । प्रधानमन्त्री माधवकुमार नेपालले रसियाको सेन्ट पिटसवर्गमा आयोजित एसियाली मुलुकको विश्व बाघ संरक्षण शिखर बैठकलाई बुधबार सम्बोधन गर्नुभयो ।रुसी महासङ्घका प्रधानमन्त्री भ्लादिमिर पुटिन र विश्व बैङ्कको अध्यक्ष रवर्ट जुलिकको संयुक्त अध्यक्षतामा बुधबार सुरु भएको सो सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले आफू प्रधानमन्त्री भएपछि नेपालमा बाघ संरक्षणका लागि उच्चस्तरीय प्रयास भएको उल्लेख गर्नुभयो ।

उहाँले नेपालमा बाघ संरक्षणका लागि भइरहेका प्रयासबारे जानकारी दिँदैं बाघ संरक्षणका लागि नेपालको वन संरक्षणको प्रयास पनि थालिएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री नेपालले बाघ संरक्षणको विषय अहिले जलवायु परिवर्तनसँग जोडिएको प्रसङ्ग उल्लेख गर्दै वन संरक्षण,वातावरण परिवर्तनजस्ता विषयलाई बाघ संरक्षणसँग जोडेर एकीकृत रूपमा कार्यक्रम ल्याउने तयारी भएको जानकारी दिनुभयो ।

बैठकलाई सम्बोधन गर्दै रुसी महासङ्घका प्रधानमन्त्री पुटिनले अत्यन्त महìवपूर्ण र आश्चर्यजनक जनावर बाघलाई हामीले भविष्यका लागि पनि संरक्षण गर्नु जरुरी छ भन्नुभएको छ ।

सो बैठकमा सन् २०२२ सम्ममा एसिया क्षेत्रमा हाल रहेको बाघको सङ्ख्यालाई बढाएर दोब्बर पुर्यारउने विषयमा सहमति भएको छ । एक शताब्दी अघि एसिया क्षेत्रमा बाघको सङ्ख्या एक लाख रहेकोमा विभिन्न कारणले सो सङ्ख्या घटेर जम्मा तीन हजार दुई सय पुगेको छ ।

सो बैठकलाई चीनका प्रधानमन्त्री वेन जियावाओलगायत बङ्गलादेश,लाओसका प्रधानमन्त्रीहरूले सम्बोधन गर्नुभएको कुरा प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिनुभयो ।

एसियामा बाघको संरक्षणका लागि काम गरिरहेका १३ मुलुकका सरकार प्रमुखको सो बैठकमा सहभागिता रहेको छ ।

बाघ संरक्षणमा आ-आफ्नो राष्ट्रको तर्फबाट प्रतिबद्धता जनाउँदै बैठक बुधबारै सम्पन्न हुने कार्यक्रम छ ।

रुस बसाइको क्रममा प्रधानमन्त्री नेपालले रुसी महासङ्घका प्रधानमन्त्री भ्लादिमिर पुटिनलगायत उच्चस्तरीय नेतालाई भेट्नुभएको छ । प्रधानमन्त्री नेपाल बिहीबार स्वदेश र्फकनुहुने कार्यक्रम छ । रासस

लालु यादवको नमिठो हार

९ मंसीर, भारत । भारतको विहारमा भएको विधानसभा निर्बाचनमा मुख्यमन्त्री नितिश कुमारको पार्टी जनतादल युनाइटेड र भारतीय जनता पार्टीको संयुक्त गठबन्धन एमडीएले दुई तिहाई बहुमत प्राप्त गरेकोछ। २ सय ४३ सीटका लागि भएको निर्बाचनमा एमडिए गठबन्धन २ सय ६ सीटमा विजयी भएको भारतीय सन्चारमाध्यमले जनाएका छन्। पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवको राष्ट्रिय जनता दल र लोक जनशक्ति दलको गठबन्धनले २५ र काँग्रेस आईले ४ सिट मात्र जितेका छन्। विहारका मुख्यमन्त्री नितिश कुमारले दोस्रो कार्यकालको लागि सपथ ग्रहणको प्रकि्रया सुरु गर्नुभएको छ । भारतकै दुःख भनेर चिनिएको विहारमा केहि बर्ष यता आर्थिक विकास तीव्र गतिमा भैरहेको छ । भिकारीहरुको राज्य भनिने विहारको अनुहार फेर्ने नितिश कुमारलाई आफ्नो पुर्व कार्यकालको कामले फेरि विजयी बनाएको विश्लेषण गरिएको छ । एमडीए गठबन्धन कार्यकर्ताहरुले विहारमा खुशीयाली मनाइरहेकाछन् ।



विश्वका विमानस्थलमा लुक्ला विमानस्थल आठौं स्थानमा

न्यु ह्याम्सर, अमेरिका,  मंसिर ७ - प्रेरणादायक गन्तव्यका लागि चिनिएका विश्वका विमानस्थलमा लुक्ला विमानस्थल आठौं स्थानमा परेको छ । जेट बुकिङ कम्पनी-प्राइभेट फ्लाई डट कमले सोमबार सार्वजनिक गरेको एक सूचीमा लुक्ला विमानस्थल उक्त स्थानमा छ ।
ठूलो र धेरै यात्रु आउनेजानेभन्दा फरक यी विमानस्थलको सूचीमा स्विट्जरल्याण्डको सिओन पहिलो छ । दोस्रो र तेस्रोमा क्यारिबियनको सेन्ट मार्टेनस्थित प्रिन्सेस जुलियाना र सेन्ट बार्टस् छन् । प्रेरणादायक गन्तव्यका लागि पुग्नै पर्ने विमानस्थलको उक्त सूचीमा चौंथोबाट सातौंतर्फ क्रमश जिब्राल्टरको बायाँ, स्विट्जरल्याण्डको सेन्ट गालेन अल्टर्न्हाइन, मादेइराको फुन्चल र लन्डन सिटी दायाँ छन् । मन लोभ्याउने दृश्य,मुटु काम्ने स्थल जस्ता आकर्षण यी विमानस्थल पुग्दा हुने सूचीमा उल्लेख छ ।