पुस ७ एजेन्सी। अफगानिस्तानको दक्षिणी हेल्मान्ड प्रान्तमा नेटोसँग आवद्ध सैन्य बल र तालिवानी आतङ्ककारीबीचको झडपमा पाचजना सर्वसाधारणसहित १२ जनाको मृत्यु भएको छ । झडप सानगिन जिल्लामा हिजो तालिवानी आतङ्ककारीहरुले अन्तर्राष्ट्रिय सैनिकमाथि आक्रमण गरेपछि सुरु भएको थियो । उक्त झडपमा सातजना आतङ्ककारीको मृत्यु भएको छ ।
मारिएका पाचजना सर्वसाधारणमा तीनजना बालबालिका र दुईजना महिला रहेको सिन्हृवाले जनाएको छ । नेटोले एक विज्ञप्ति प्रकाशित गरी पाच सर्वसाधारणको मृत्यु भएको जनाएको छ । अफगानिस्तानमा यस वर्ष जनवरीदेखि सेप्टेम्बरसम्म २४ सय सर्वसाधारण नागरिकको ज्यान गइसकेको छ ।
“अरू बाँकी....” यसैविच अफगानिस्तानको पूर्वी घाज्नी प्रान्तमा नेटोसाग सैनिकहरुको सहायतामा अफगान सुरक्षाबलले २७ जना तालिवानी आतङ्ककारीहरुलाइ मारेको एक सैनिक अधिकृतले जनाएका छन् । मारिएका २७ जना तालिवानी आतङ्ककारीहरुमा चारजना स्थानीय कमान्डरहरु पनि रहेका र थप सातजना समातिएको सिन्हृवाले जनाएको छ ।
No comments:
Post a Comment