सुचनाको अर्थ:
सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको काम्, तत्सम्बन्धी कारवाही वा निर्णयसँग सम्बन्धित कुनै लिखत्,सामाग्री वा जानकारी ।
लिखतको अर्थ:
लिखत भन्नाले लिपिबद्ध भएको जुनसुकै किसिमको लिखत सम्झनु पर्दछ । यो शब्दलेकुनै यन्त्रको माध्यमबाट सङ्कलन वा अद्धावधिक गरिएको वा मुद्रित वा पुन:प्रस्तुत गर्न सकिने श्रव्य-दृश्य सामग्री समेत जनाउँछ ।
आशय:अभिलेख ईमेल विचार राय सल्लाह प्रेस विज्ञप्ती परिपत्र किर्कुलर्स आदेश लगबूक करार रिपोर्ट्,मिसिल (पेपर्)वस्तुको नमुन(सम्प्लेस्,,मोडेलस्)इलेक्ट्रोनिक र डिजिटल रुपमा राखिएका तथ्याङ्क्(डाटा)तथा प्रचलित कुनै कानुन अन्तर्गत सार्वजनिक निकायबाट प्राप्त गर्न सकिने कुनै पनि रुपमा रहेका जानकारीका सामग्रीहरु ।
"सार्वजनिक महत्व" भन्नाले के बुझ्ने ?
यस्तो विषय जसले धेरै जनासँग सरोकार राख्छ । आम नागरिकको अधिकार र कर्तव्य तथा आमजनताले पाउने सामान्,सेवा र सुविधा तथा त्यसको मूल्य र गुणस्तरस्ँग सरोकार राख्ने सबै विषय सार्वजनिक महत्वका हुन्छन् ।